सूचनाको शक्ति - The Power Of Information

        

सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो ।

अब कार्य सम्पादन समितिको निर्णय संसदीय दलको बैठकमा सुनाइने केन्द्रीय नेताहरूले बताएका छन् । ल्होत्से हलमै बस्ने संसदीय दलको बैठकबाट विश्वासको मत दिने अन्तिम निर्णय गरिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा विश्वासको मत लिँदैछन् । त्यसका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको थियो । तर, कांग्रेस संसदीय दलको बैठक बस्न ढिलाइ भएकाले दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १३:००