सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डलाई विश्वासको मत दिन देउवा तयार, पदाधिकारीलाई मनाउँदै

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तयारी गरेको छ । सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको वार्तामा देउवा तयार देखिएको एक नेताले जानकारी दिए ।

देउवाले अहिले पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् भने अहिले केहीबेरपछि संसदीय दलको बैठक बोलाइएको छ । ‘सभापति प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्छ भन्ने अवस्थामा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘अहिले पदाधिकारी र पूर्वपदाधिकारीसँगको छलफलमा हुनुहुन्छ । महामन्त्रीद्वयले प्रतिपक्षमा बस्नुपर्छ भन्ने विचार राख्नुभएको छ ।’

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०९:०७