सूचनाको शक्ति - The Power Of Information

        

आज देशभरकाे माैसम कस्ताे छ ?

 हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

मंगलबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। त्यस्तै, बाँकी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मंगलबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०८:५५