सूचनाको शक्ति - The Power Of Information

        

चीनको हेनान प्राप्तमा ९० प्रतिशत मानिस काेरोना संक्रमित

चीनको सबै भन्दा बढी जनसंख्या रहेको हेनान प्रान्तमा ९० प्रतिशत मानिसहरू कोराेना भाइरस (कोभिड-१९) संक्रमित भएका छन् ।

स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलनमा गरी सोही प्रान्तमा करिब ८ करोड ८५ लाख मानिस काेराेना संक्रमित भएको तथ्य सार्वजनिक गरेका हुन् । गत डिसेम्बरमा शून्य कोभिड नीति त्यागे यता चीनमा कोराेना संक्रमितको संख्यामा अप्रत्याशित वृद्धि भइरहेको छ ।

सरकारको कडा नीति अन्तर्गतका लकडाउन, क्वारेन्टिन र सामूहिक स्वास्थ्य परीक्षण विरुद्ध जनसमूहबाट अनपेक्षित विरोध प्रदर्शन सुरु भएपछि नरम नीति लिदा पुनः कोराेना संक्रमण दर बढेको हो ।

चीनले ३ वर्षपछि पहिलो पटक गत आइतबारदेखि विश्वका लागि आफ्ना सम्पूर्ण सीमाना खुला गरेको छ । जसका कारण अन्य देशहरुमा पनि काेराेना संक्रमण बढ्ने आशंका गरिएको छ ।

लाखौं चिनियाँ नागरिकहरु विदेश भ्रमणको तयारीमा रहेकाले चीनमा फैलिएको पछिल्लो भेरियन्ट अन्यत्र पुग्ने त्रास समेत बढेको छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०८:३७