सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभाको पहिलो बैठक : आशैआशको सञ्चार

प्रतिनिधि सभाको पहिलो बैठकले देशको राजनीतिक वृत्तमा दलहरूबीच सहकार्य र एकताको सन्देश दिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा राजनीतिक दलका अध्यक्ष तथा शीर्ष नेतृत्वले सम्बोधन गर्दैगर्दा आसाको सञ्चार जगाएको हो ।

४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता प्रतिनिधि सभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गरेका हुन् ।

बैठकलाई सम्बोेधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमार्फत हुने भन्दै वर्तमान संसद आफूहरूको परीक्षाको केन्द्र भएको बताए ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०७:५०