सूचनाको शक्ति - The Power Of Information

        

जसपाले प्रचण्डलाई विश्वासको मत दिने

जनता समाजवादी पार्टीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

केहीबेर अघि सकिएको जसपाको संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय लिएको हो।

प्रधानमन्त्री दाहालले मंगलबार बिहान ११ बजे बस्ने बैठकमा विश्वासको मत लिँदैछन्। जसपासँग १२ जना सांसद छन्।

सरकारको नीति तथा प्राथमिकता (न्युनतम साझा कार्यक्रम) सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो विपक्षमा भोलि कुनै पनि दल संसदमा प्रस्तुत नहुने दाबी गरे।

उनले जसपाले विश्वासको मत दिने निर्णय गरेकामा धन्यवाद दिँदै भोलि महत्वपूर्ण दिन हुने उल्लेख गरे। अहिले सरकारको पक्षमा करिब १७० सांसद देखिएका छन्।

१० सिट भएको एकीकृत समाजवादीले पनि समर्थन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १८:३०