सूचनाको शक्ति - The Power Of Information

        

विज्ञापन गरेको १२ वर्षपछि नतिजा प्रकाशित

नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ ।

खानेपानी संस्थानले २०६७ सालमा प्रकाशन गरेकोे विज्ञापनको नतिजा आज (सोमबार) सार्वजनिक गरेको हो । सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्षअघि फुकुवा भएको थियो ।

त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ । संथानले इन्जिनियर लगायत विभिन्न पदपुर्तिका लागी विज्ञापन गरेको थियो । पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क राख्न भनिएको छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १२:३१