सूचनाको शक्ति - The Power Of Information

        

फिल्म “ह्यारीकि प्यारी” को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘ह्यारी कि प्यारी’ को ट्रेलर सार्वजनिक भएको छ   l

युट्युब च्यानल ओएस आर डिजिटल मार्फत फिल्मको ट्रेलर रिलिज गरीएको हो । कपिल रिजालको निर्देशन रहेको फिल्ममा पहिलो पटक कलाकार जितु नेपाल र नायिका साम्राज्ञी शाहले जोडी बाधेका छन् l

फिल्ममा जितु ह्यारी र साम्राज्ञी उनको प्यारी बनेकी छिन्  । निर्देशक रिजालकै कथा, सुदीप बरालको पटकथा र संवाद रहेको फिल्म रोमान्टिक कमेडी विषयमा बनेको छ l

फिल्ममा गिरीराज घिमिरे शिखर सन्तोष र युग भुसालको संगीत रहेको छ । फिल्मको काठमाडौँ, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा छायांकन भएको छ ।

बिआर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म​का निर्माता गायक एवं गीतकार समेत रहेका डा. भोला रिजाल हुन् ।  कविराज गहतराजको कोरियोग्राफी, सुदीप बरालको छायांकन रहेका फिल्म अर्जुन जिसीले सम्पादन गर्नेछन् ।

जितु र साम्राज्ञीका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको समेत अभिनय फिल्ममा अभिनय रहेको छ l

माघ २० मा फिल्म रिलिज हुने छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार ०८:५८