सूचनाको शक्ति - The Power Of Information

        

म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश

चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा आइतबार राति भएको तेस्रो चरणको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रियाद माहारेजले दुई गोल गरेका हुन् । यसै गरी जुलियन अल्भारेज र फिल फोडेनले १-१ गोल थपेका थिए ।

फराकिलो हारपछि चेल्सी र प्रशिक्षक ग्राहम पोर्टरमाथि दवाव बढेको छ । पछिल्लो सयम चेल्सीले लगातार खराब प्रदर्शन गरिरहेको छ ।

विजयी टोली म्यान्चेस्टर सिटीले भने अब चौथो चरणमा आर्सनल वा अक्सफोर्ड युनाइटेड मध्ये एक टोलीको सामना गर्ने भएकाे छ ।

एफए कपकै अन्य खेलहरुमा नरिच सिटीलाई १–० ले पराजित गर्दै ब्ल्याकबर्न तथा एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै स्टिभिनेज पनि चौथो चरणमा उक्लिएकाे छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार ०८:३०