सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता बुद्धिमान तामाङले उक्त जानकारी दिए।

उनले भने, ‘हाम्रो संसदीय दलको बैठक संसदीय दलका नेता पार्टी अध्यक्षको नेतृत्वमा बस्यो। सो बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहनुभएका हाम्रा उपाध्यक्ष ध्रुव प्रधानजीले भोलि र पर्सिको कार्यक्रमहरु बारेमा जानकारी गराउनु भयो।

त्यही विषयमा छलफल भयो। सरकार बनाउन हामीले पहल गरेको नेतालाई नै विश्वासको मत दिन्छौँ। तर निर्णय भने भइसकेको छैन।’

प्रकाशित मिति : २४ पुष २०७९, आइतवार १७:५६