सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार साढे २० अङ्कले बढ्यो

शेयर बजार आज आइतवार २० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अङ्कले बढेर दुई हजार एक सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, उत्पादन र बैंकबाहेक अरू समूहको शेयर बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ५९ वटा कम्पनीका एक करोड ४१ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको २१ करोड र शिवम् सिमेन्टको साढे १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज बलेफी हाइड्रो र खप्तड लघुवित्तको शेयर १० प्रतिशत तथा ङादी ग्रुप पावर, हिमालयन एभरेष्ट इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ ।

समग्रमा बजार बढे पनि बुद्धभूमि हाइड्रो, विन नेपाल लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : २४ पुष २०७९, आइतवार १७:५०