सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोग

राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि दल दर्ता आह्वान

भोलिदेखि २८ गतेसम्म दिन सक्ने

निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ ।

लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएको थियो ।

आयोगले आज सूचना निकालेर संविधानको धारा २ सय ७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको हो । निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उप–चुनावका लागि भोलिदेखि २८ गतेसम्म आयोगमा निवेदन दिन सक्नेछन् ।

दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला हुने निर्वाचन अयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ पुष २०७९, आइतवार ०८:११