सूचनाको शक्ति - The Power Of Information

        

जुम्लामा ५० करोड खर्चेर रंगशाला

सरकारले विकट पहाडी जिल्ला जुम्लामा ५० करोड रुपैयाँ खर्चेर सुविधायुक्त रंगशालासहित अन्य पूर्वाधार बनाउने भएको छ ।

स्थानीय खेलाडीको समस्या समाधान गरी उनीहरूलाई प्रोत्साहन गर्न सुविधायुक्त रंगशाला निर्माण गर्न लागिएको हो ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले सदरमुकाम चन्दननाथ नगरपालिका-५ स्थित राजसिममा रंगशाला बनाउने तयारी गरेको छ ।

कार्यालयले रंगशालासहितको अन्य पूर्वधार बनाउन ५० करोड लगानी गर्ने भएको छ । रंगशाला अभावमा यहाँका खेलाडीले पर्याप्त अभ्यास गर्न पाएका छैनन् ।

जिल्लास्तरीय खेलकुद आयोजना गर्ने व्यवस्थित ठाउँ पनि छैन । सघन सहरी विकास कार्यालयका सब इन्जिनियर चन्द्रबहादुर खड्काले प्रदेशकै नमुना रंगशाला निर्माण हुन लागेको बताए ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २४ पुष २०७९, आइतवार ०८:०६