सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृति

अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ।

मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आइतबार श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो।

वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रुपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढी विस्तार गरेको थियो। यससँगै भोतिक रुपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिनेछ।

प्रकाशित मिति : २४ पुष २०७९, आइतवार ०७:४१