सूचनाको शक्ति - The Power Of Information

        

दाङका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन

 जिल्ला प्रशासन कार्यालय दाङले दाङमा सञ्चालित क्रसर उद्योगहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सूचनामा प्रचलित कानुन र मापदण्ड अनुसार दर्ता नगरी तथा नवीकरणलगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका क्रसर उद्योगहरू तत्काल बन्द गराउन भनिएको छ ।

साथै विभिन्न आयोजना निर्माणका लागि सञ्चालन भई हाल उक्त प्रयोजन र आयोजना समाप्तपछि पनि सञ्चालकमा रहेका क्रसर उद्योग पनि बन्द गराउन सूचनामार्फत भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दर्ता भएर कानुनसम्मत् चलेका र दर्ता नवीकरण नभएका तथा मापदण्ड नपुगेका सबै खाले क्रसर उद्योग तत्कालका लागि बन्द गर्न निर्देशन दिएको बताए ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : २४ पुष २०७९, आइतवार ०७:३६