नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा शनिबार १५ जना दादुराका बिरामी फेला परे ।
पुस २२ गतेसम्ममा यो वडामा चार जना बिरामी देखा परेका थिए । यो वडामा बिरामीको संख्या १९ जना पुगेको छ ।
संक्रमितको संख्या बढ्दो रहेको यो वडामा दादुराविरूद्धको खोप लगाउनेको संख्या भने न्युन देखिएको छ ।
वडामा माइकिङ गरिएको छ भने महिला स्वयंसेविका घर-घरमा पुगेर खोप लगाउन बोलाइरहेका छन् । घरमै गएर बोलाउँदा पनि खोप लगाउन इच्छा न्यून देखिएको छ ।
सत्यपाटी संवाददाता । बाँके