सूचनाको शक्ति - The Power Of Information

        

६ वर्षे बालकद्वारा स्कुलभित्रै शिक्षिकामाथि गोली प्रहार

अमेरिकाको एक स्कुलमा ६ वर्षका बालकले आफ्नी शिक्षिकालाई गोली हानेको प्रहरीले बताएको छ । बालकलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

घटना भर्जिनिया राज्यको न्युपोर्ट न्युज सहरस्थित रिचनेक एलिमेन्ट्री स्कुलमा भएको हो । प्रहरीले एक विज्ञप्ति जारी गर्दै शिक्षिकालाई गोली हानेको आरोपमा बालकलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले गोली प्रहार दुर्घटनावश नभएको पनि स्पष्ट पारेको छ । ३० वर्षमाथिकी घाइते शिक्षिकालाई स्थानीय अस्पताल भर्ना गरिएको छ । बालकले बन्दुक कसरी फेला पारे र स्कुलमा कसरी ल्याए भन्ने प्रहरीले खुलाएको छैन । आतंकित बनेका अन्य बालबालिकालाई मनोपरामर्श दिइएको छ ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १६:२५