सूचनाको शक्ति - The Power Of Information

        

“धड्कन” को सिरिज बन्ने , सञ्चिता पक्का

एक समयको हिट फिल्म “धड्कन” को सिक्वेल बन्ने भएको छ ।

निर्देशक तथा निर्माता नरेश पौडेलले पनि झन्डै १९ वर्ष अगाडिको ब्लकबस्टर फिल्म ‘धड्कन’लाई सिरिजको रुपमा अगाडि बढाउँन लागेका हुन् ।

फिल्ममा नायिका संचिता लुइँटेल पक्का भैसकेकी छन् । भने अन्य कलाकार भने नयाँ रहने छन् । फिल्मका लागि एक नायक र दुई नायिकाको खोजि भैरहेको छ ।

पहिलो सिरिजमा निखिल उप्रेती, रेखा थापा, रमित ढुंगाना, अरुणिमा लम्सालको मुख्य भूमिका रहेको थियो । आगामी फागुन वा चैतबाट छायांकन सुरु हुने फिल्मको प्रायः छायांकन नेपालगञ्जमा हुनेछ भने गीतको छायांकन पर्यटकीय नगरी पोखरामा गरीने निर्माण टिमको योजना रहेको छ ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १७:५८