नेपालगञ्जस्थित जमुनाहा नाकामा शुक्रवार फेरि एक जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
जमुनाहा नाकामा आज कोभिड जाँच गर्दा बर्दियाका २७ वर्षीय पुरुषमा कोभिड पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
गत असोज १ गतेपछि बाँकेमा पहिलोपटक गत पुस १४ गते जाजरकोेटीकी एक महिलामा कोभिड पुष्टि भएको थियो । बाँकेमा साढे तीन महिनापछि फेरि कोभिड भेटिएको हो ।
सत्यपाटी संवाददाता । बाँके