सूचनाको शक्ति - The Power Of Information

        

‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्षमा प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षमा देखिने भएकी छन् ।

प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् ।

यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । अब आउने संस्करणमा दुवै नभई प्रियंकाको प्रवेश हुने भएको छ ।

५२ भाग प्रसारण हुने बताइएको शोको निर्देशन दिनेश डिसीले गर्दैछन् ।

दमन रुपाखेतीसहितका कलाकारले यो कार्यक्रमको तेस्रो सिजनमा प्रवेश गरेका छन् । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् ।

अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ, जसलाई श्याम रानाले निर्वाह गर्नेछन् ।

सुमन गिरी ‘भाञ्जा’ कार्यक्रम संयोजक रहने शो माघबाट सुरु गर्ने जीतुको योजना रहेको छ ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ०९:०६