सूचनाको शक्ति - The Power Of Information

        

बाक्लो हुस्सुले तराईको हवाई यातायात अवरुद्ध

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य  प्रभाव रहेको छ।

आज दिनभर नै तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने भन्दै महाशाखाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ। उसले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।

आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

भोलि शनिबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, पुस २४ गते आइतबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ०८:५७