सूचनाको शक्ति - The Power Of Information

        

रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्धविरामकाे घोषणा

 युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि रुसले पहिलो पटक क्षणिक युद्धविरामकाे घोषणा गरेको छ ।

अर्थाेडक्स ईसाइहरुको क्रिसमस पर्वको अवसर पारेर रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आज शुक्रबारदेखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामकाे घोषणा गर्नुभएको हो ।

स्थानीय समय अनुसार शुक्रबार मध्याह्नदेखि सुरु हुने युद्धविराम ३६ घण्टा रहने छ । अर्थोडक्स ईसाइ र यहुदीहरुले जनवरी ७ मा क्रिसमस पर्व मनाउने भएका छन् ।

मस्कोस्थित अर्थोडक्स चर्चका प्रमुख प्याट्रियक किरिलको आग्रहमा राष्ट्रपति पुटिनले साेही पर्वलाई लक्षित गरी युद्धविरामकाे घोषणा गर्नुभएको क्रेमलिनले बताएको छ ।

युक्रेनले भने रुसले आफ्ना सैनिकलाई ब्यवस्थित गरी अगाडि बढाउन समय खोजेको भन्दै रुसी युद्धविरामलाई खारेज गरेको छ ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम नहुने बताएका छन् ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ०८:४५