फिल्म ‘द आउट ल’ को को शुभ मुहर्त गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पुजाआजा गर्दै फिल्मको शुभ मुहर्त गरेको हो ।
रेट्रो ग्रुपको ब्यानरमा निर्माण भएको सिनेमामा नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठीको पनि अभिनय रहनेछ ।
करिब २ करोड रुपैयाँ बजेट रहने ‘द आउट ल’लाई आगामी दशैंमा रिलिज गर्ने योजना छ । एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्मले कानुन नमान्ने पात्रको कथा भन्छ ।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् ।फिल्मको छायांकन ४० दिन भित्र सक्काउने निर्माण टिमको योजना छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ