सूचनाको शक्ति - The Power Of Information

        

प्रेस युनियन कर्णालीमा लफडा, ‘उद्घाटन शत्रमै माइक खोसाखोस र हानाहान’

नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशनका क्रममा विवाद भएको छ । अधिवेशनमा संस्थापन पक्ष र इतर पक्षबीच पार्षदलाई लिएर विवाद सिर्जना भएको हो ।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषयलाई लिएर दुई पक्षबची लफडा भएको हो ।

अधिवेशन उद्घाटन गर्दै डा. मिनेन्द्र रिजाल

इत्तर पक्षधरका पार्षदहरु धेरै राखिएको आरोप संस्थापन पक्षको छ । आफ्नो पक्षका पार्षदहरुको नाम काटिएको भन्दै संस्थापन पक्षले विरोध गरेको हो ।

अधिवेशनमा सहभागी एक पत्रकारले यही विषयमा लिएर दुई पक्षधरबीच माइक खोसाखोस भएको बताए । उनले भने, ‘विवादका क्रममा हुम्लाका एक प्रतिनिधिले भने माइक नै चुडाइँ दिएका छन् ।’

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा.मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानी लगायत सहभागिता थियो । उनीहरुकै अगाडि दुई पक्षबीच तानातान भएको हो ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १५:१९