सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार १०० रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ११:३९