सूचनाको शक्ति - The Power Of Information

        

पेलेको सम्मानमा राष्ट्रिय रंगशालाको नाम फेरियो

विश्व फुटबलका महान खेलाडी पेलेको सम्मानमा अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो राष्ट्रिय रंगशालाको नाम फेरेको छ । उसले राष्ट्रिय रंगशालालाई पेले नामाकरण गरेको हो ।

यसअघि नेशनल डी काबो भर्ड नाममा रहेको रंगशालाको नामाकरण ‘पेले स्टेडियम’ राखिएको हो । त्यहाँका प्रधानमन्त्रीले रंगशालालाई पेलेको नाममा नामाकरण गरिएको बताएका छन् । उक्त रंगशालामा १५ हजार दर्शक क्षमता रहेको छ ।

विश्व फुटबलकै महान खेलाडीको रुपमा परिचित पेलेको ८२ वर्षको उमेरमा अघिल्लो साता मृत्यु भएको थियो । पेले क्यान्सर पीडित थिए । पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि विश्वकप उपाधि उचालेका थिए ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ०७:४२