सूचनाको शक्ति - The Power Of Information

        

सरकारको साझा कार्यक्रम:

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने

मन्त्रालय फुटाउने पक्षमा सरकार छैन्

सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि  बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रुप दिने सहमति भएको उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

गठबन्धनको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको थियो । भागवण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको पनि गृहमन्त्री लामिछानेले स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ०७:०५