नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७९ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ २७ पैसा र बिक्री दर १४० रुपैयाँ ९० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ४२ पैसा र बिक्री दर १६० रुपैयाँ १४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

सत्यपाटी संवाददाता । काठमाडौँ