सूचनाको शक्ति - The Power Of Information

        

पिँडालु खाँदा स्वास्थ्यका लागि यतिधेरै फाइदा

पिँडालु गर्मी तथा बर्षायाममा पाइन्छ । पिँडालुमा पर्याप्त पोषक तत्व पाइन्छ । यसमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरनजस्ता पोषक तत्व हुन्छ । यसमा प्राकृतिक फाइबर रहन्छ, जसले शरीरमा ग्लूकोज र इन्सुलिनको मात्रा उचित स्तरमा बनाइराख्छ ।

यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जो छालाको लागि लाभदायक हुन्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ । पिँडालु सहजै पाइने, स्वादिलो र धेरै तरिकाले स्वाद लिन सकिने तरकारी हो । यसलाई उसिनेर खान सकिन्छ, तरकारी बनाउन सकिन्छ, अचारको रुपमा स्वाद फेर्न सकिन्छ ।

पिँडालु फलहारको रुपमा पनि खाइन्छ । यसलाई आलुमा मिश्रण गरौं वा दालमा, स्वाद दुइगुणा बढ्छ । पिँडालुमात्र होइन, त्यसको डाँठ र पाँतको (कर्कलो वा गाभा)समेत विभिन्न परिकार बन्छ । पिँडालु सेवन गर्दा हुने स्वास्थ्य लाभः पिसावमा हुने जलन कम गर्छ । पिँडालुको पातको दश ग्राम रस तीन चार दिनसम्म सेवन गर्नुपर्छ, तुरुन्तै फाइदा मिल्छ ।

पिँडालुको पातलाई उमालेर त्यसलाई छान्ने । अतः उक्त रसमा थोरै घिउ मिलाएर केहि दिनसम्म सेवन गर्नुपर्छ, वायु सम्बन्धी रोग निको हुन्छ । जसलाई मुटु सम्बन्धी रोग छ, उसले पिँडालुको सब्जी दिनमा पच्चिस ग्राम जति सेवन गर्नुपर्छ । उच्च रक्तचापको रोगमा समेत पिँडालुको सब्जी लाभदायक हुन्छ ।

यसमा मिनरल्स, पोटाशियम र म्याग्नेसियम हुन्छ, जसले रक्त संचार नियमित राख्छ । बच्चालाई दुध चुसाइरहेकी आमाले पिँडालुको सब्जी सेवन गर्नुपर्छ, दुध राम्ररी आउँछ । सानोतिनो चोट पटकमा पिँडालुको पात पिसेर लगाउनुपर्छ, रगत बग्दैन ।

कस्ता रोगीले पिँडालु खानुहुँदैन ?

काँचो अवस्थामा पिँडालु खानुहुँदैन, गलामा जलन हुनसक्छ । दमको रोगीले पिँडालुको सब्जी खानु हुँदैन । खासगरी यसमो पातको सब्जी सेवन गर्दा त्यसले कफ बढाउँछ । बाथ रोगीले भने पिँडालु सेवन गर्नु ठीक हुन्छ । घाँटीमा समस्या भएकाहरुले पिँडालु सेवन नगरेकै राम्रो ।

पिँडालुको पात (कर्कलो)को फाइदा

पिँडालुको पात अर्थात् कर्कलोमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जो आँखाको दृष्टिको लागि फाइदाजनक मानिन्छ । साथै मांशपेसीलाई बलियो पनि बनाउँछ । यसमा रहेको क्याल्सियमले हड्डी बलियो बनाउँछ । पिँडालुको पात सेवन गर्दा भोक नियन्त्रण हुन्छ । यसमा रहेको फाइबरले मोटाबोलिज्मलाई सक्रिय बनाउँछ, जसको कारण तौल नियन्त्रण गर्न सकिन्छ ।

रेसेपी, पिँडालुको पातको सब्जी

सामग्री – पिँडालुको पात, बेसन, रातो खुर्सानी, धनियाँ, बेसारको धुलो, तेल, हिंग, जिरा, सरस्र्यु, हरियो खुर्सानी, रातो खुर्सानी, गरम मसला, हरियो धनियाँ, नुन स्वाद अनुसार राख्नुपर्छ ।

विधि – बेसनको पेस्ट बनाउने । पेस्ट बनाउनुअघि त्यसमा नुन, रातो खुर्सानी, धनिया पाउडर मिसाउने । अब पिँडालुको पातलाई सिधा सतहमा राख्ने र त्यसमा बेसनको पेस्ट लगाउने । बेसन लगाएर त्यसलाई रोल गर्ने ।

मम पकाउने वा कुनै भाँडोमा पानी भरेर त्यसको माथि जाली वा सुती कपडा राख्ने । त्यसमाथि पिँडालुको पातको रोललाई केहि समय बाफमा पकाउने । पिँडालुको पातको रोल पाकिसकेपछि त्यसलाई सेलाउन दिने । अब यस रोललाई एक इन्च लामो टुक्रामा काट्ने । कराईमा तेल तताउने ।

त्यसमा हिंग, जीरा, सरस्र्यु हालेर भुट्ने । त्यसमाथि धनिया, रातो खुर्सानी पाउडर, बेसार गरम मसला, नुन हालेर केहि समय भुट्ने । जब मसला रातो हुन्छ, त्यसमाथि रोल गरेको पिँडालुको पात मिसाउने । अन्त्यमा यसमा हरियो धनिया मिलाउनुपर्छ । केहि समय फ्राइ गरेपछि पिँडालुको पातको सब्जी तयार हुन्छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ०७:०६