पिरो मरिचलाई खानेकुरामा एकदमै कम प्रयोग गरिन्छ । हामी कुनै विशेष खाना वा चियामा मरिचको प्रयोग गर्छौँ । यसलाई खानाका परिकारमा मात्र प्रयोग नगरी विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गरिन्छ ।
पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । मरिचका बारेमा हामीलाई थुप्रै कुराहरु थाहा नहुन सक्छ । आज तपाईलाई हामीले मरिचका फाइदाका बारेमा केही जानकारी गराउँदै छौँ ।
पेट भित्रका किटाणुहरु नष्ट गर्छः मरिचलाई मोही वा किसमिससँग मिसाएर पिउँदा पेट भित्रका अनावश्यक किटाणुहरु भगाउन सकिन्छ । यसले आन्द्राको अवस्थामा पनि सुधार ल्याउँछ । पायल्सको समस्याबाट छुट्काराः अस्वस्थ्यकर जीवनशैली र चिल्लो र जंक फुडको प्रयोगका कारण धेरै मानिसहरु पायल्सको समस्याबाट ग्रसित छन् ।
पायल्सबाट छुट्कारा पाउनका लागि मरिच, जीरा र चिनी वा मिश्रीलाई पिसेर मिसाउने र बिहान–बेलुकी २ देखि ३ चोटी खानाले पायल्सबाट राहत मिल्छ । आर्थराइटिस रोगका लागि फाइदाकारीः बढ्दो उमेरका कारण हुने आर्थराइटिस रोगमा मरिचको प्रयोग एकदमै फलदायी हुन्छ ।
यसलाई तीलको तेलमा राम्ररी तताउने र चिसो भएपछि हात खुट्टामा लगाउनाले धेरै आराम मिल्छ ।मेटाबोलिजममा निरन्तरताः मरिचले मेटाबोलिजमलाई राम्रो बनाउँछ । क्यालोरी र पेटको बोसो कम गर्नुका साथै पेटसँग सम्बन्धीत विभिन्न रोगहरुको सम्भावना पनि कम गर्छ ।
ज्वरो र खोकीको समस्यामाः ज्वरो आएका बेला मरिचलाई हल्का तातो दुधमा मिसाएर पिउँदा आराम मिल्छ । यसका साथै महमा मरिच मिसाएर दिनमा दुई तीन खानाले खोकी निको हुन्छ ।दाँत दुखाईबाट आरामः दाँतको लागि पनि मरिच धेरै नै फाइदाजनक रहेको छ । यसको दैनिक प्रयोगले दाँत बिग्रीने समस्याबाट छुट्कारा मिल्छ ।
यसले छालालाई पनि स्वास्थ्य बनाउँछ । यसको प्रयोगले छाला सम्बन्धी धेरै रोगहरुलाई टाढा राख्छ । एसिडिटीबाट छुट्काराः मरिचलाई कालो (बिरे) नुन र कागतिसँग मिसाएर खाँदा एसिडिटीबाट आराम मिल्छ । मरिचको धुलो र कागतीको रस हालेर तातो पानी पिउनाले एसिडिटीबाट छुट्कारा पाउन सकिन्छ ।
ब्लड प्रेसर कन्ट्रोलः ब्लड प्रेसर बढेका बेला आधा गिलास पानीमा एक सानो चम्चा मरिचको धुलो मिसाएर पिउनु लाभदायक हुन्छ । मरिचका धेरै फाइदाहरु भएपनि यसको सेवन गर्नुपूर्व आफ्नो शरिरको अवस्थाका बारेमा जानकारी लिएर मात्र सेवन गर्नुपर्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं