सूचनाको शक्ति - The Power Of Information

        

२०७९ पुस २१ गतेको राशिफल : मकरलाई हौसला, कुम्भलाई उत्साह

२०७९ पुस २१ गते बिहीवार, ५ जनवरी २०२३ । पौष शुक्लपक्ष चतुर्दशी तिथि । मृगशिरा नक्षत्र । चन्द्रराशि– वृष, ८ः३४ बजेदेखि मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुटाउन सकिनेछ । अध्ययनमा प्रगति हुनुका साथै लेखन कलामा निखारता आउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । व्यापार बढ्नाले लाभ हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । मिहिनेतले मानसम्मान दिलाउनेछ । नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ । मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ । सहयोगीहरूको साथले नयाँ काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहार समेत प्राप्त हुन सक्छ । प्रेम र मित्रताको बन्धन पनि कसिलो हुने समय छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसरका लागि केही दौडधुप र लगनाी गर्नुपर्ला । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । तापनि, कर्जामार्फत धन जुटाउन सकिनेछ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । तत्काल केही खर्च लागे पनि दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ । परोपकारी काम सम्पादन हुनेछ । यात्राको साइत पनि जुर्ने सम्भावना छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ अवसर पाइनेछ र प्रतीक्षा गरिएको काम बन्नेछ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ होला ।उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले कामको तारिफ गर्नेछन् । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

काममा अनायासै व्यवधान देखा पर्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ भने अर्थअभावले पनि सताउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ अवसर प्राप्त भए पनि गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चापबाट फुर्सद पाइनेछ । सुरुमा खर्च लागे पनि व्यवसायले आम्दानी दिलाउनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट पनि उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरूको मुख ताक्ने बानीले काम बिग्रन सक्छ । आज अरूलाई दिने नभई भित्र्याउने समय छ । अरूलाई दिन ठिक पारेको धनमाल आफैंलाई आवश्यक पर्न सक्छ । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । रोकिएका काम गर्ने समय छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ०५:४६