सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

यो कस्तो माया हो ?

आफैले जान्दै जान्दैनौं सिकाउँदा मान्दै मान्दैनौं यो कस्तो माया हो ?

दुःख्दा भेट्दै भेट्दैनौं रम्दा छेक्दै छेक्दैनौं यो कस्तो माया हो ?
लुक्दा खोज्दै खोज्दैनौं भेट्दा देख्दै देख्दैनौं यो कस्तो माया हो ?

रिसमा घुर्क्याउनु नि छैन खुशीमा फुर्क्याउनु नि छैन,
आफैले जान्दै जान्दैनौं सिकाउँदा मान्दै मान्दैनौं यो कस्तो माया हो ?

लाएर ला जस्तो नि छैन भएर भा जस्तो नि छैन,
नदिंदा माग्दै माग्दैनौं दिदा थप्दै थप्दैनौं यो कस्तो माया हो ?

छोड्दा छट्पटी नि छैन साँच्दा सन्तुष्टि नि छैन,
साथमा राख्दै राख्दैनौं ध्यौता भाक्दै भाक्दैनौं यो कस्तो माया हो ?

दुःख्दा भेट्दै भेट्दैनौं रम्दा छेक्दै छेक्दैनौं यो कस्तो माया हो ?
लुक्दा खोज्दै खोज्दैनौं भेट्दा देख्दै देख्दैनौं यो कस्तो माया हो ?

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १६:१७