सूचनाको शक्ति - The Power Of Information

        

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन

मधेश प्रदेशमा सबैभन्दा ठुलो दल बनेको नेकपा एमालेले प्रदेशसभाका लागि संसदीय दलको नेता छानेको छ।

गत मंसिर ४ को निर्वाचनबाट मधेश प्रदेशमा २३ सिट जितेर ठूलो दल बनेको एमालेले संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत चयन गरेको हो।

जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले महोत्तरी क्षेत्र ४ (क) बाट निर्वाचित यादवलाई दलका नेता बनाउने निर्णय गरेको हो।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार ०८:५७