सूचनाको शक्ति - The Power Of Information

        

नेपाल टी–ट्वान्टी : आज दुई खेल हुँदै

 काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा बुधबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

बुधबारको पहिलो खेलमा लुम्बिनी अल स्टार र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

लुम्बिनी आठौं जितको खोजीमा रहेको छ भने काठमाडौं पाँचौ जितको खोजीमा रहेको छ ।

लुम्बिनी ८ खेलमा १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । काठमाडौं ७ खेलमा ८ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

यही संस्करणको पहिलो भेटमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले हराएको थियो । बुधबारको खेलमा पनि लुम्बिनी फेरि काठमाडौंलाई हराउन चाहन्छ भने काठमाडौं चाहिँ लुम्बिनीलाई हराएर यसअघिको हारको बदला लिन चाहन्छ ।

बुधबार नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजेबाट सुरू हुनेछ ।

फार वेस्ट दोस्रो जित निकाल्न चाहान्छ भने विराटनगर तेस्रो जितको खोजीमा रहेको छ ।

फार वेस्ट ६ खेलमा २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । विराटनगर ७ खेलमा ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार ०८:३९