सूचनाको शक्ति - The Power Of Information

        

हलिउड अभिनेता जेरेमी रेनरको दुर्घटना

हलिउडका चर्चित अभिनेता तथा एभेन्जर्स सिरिजबाट लोकप्रिय बनेका जेरेमी रेनरको दुर्घटना भएको छ ।

नयाँ वर्षको दिन उनी आफ्नो घर बाहिर जमेको हिउँ सफा गर्दै थिए, त्यही क्रममा उनको दुर्घटना भएको हो ।

अमेरिकी संचार माध्यम द हलिउड रिपोर्टरका अनुसार अहिले उनको अवस्था गम्भीर तर स्थिर छ ।

अभिनेता जेरेमीका सूचना अधिकारीले सो कुराको जानकारी दिँदै भने ‘हामी यो भन्न सक्छौं कि जेरेमीका अवस्था स्थिर छ । आइबार राति हिउँ सफा गर्दा मौसममा समस्या आएको थियो । यसै क्रममा उनलाई चोट लाग्यो । उनको परिवार उनको राम्रोसँग ख्याल राखिरेका छन्,’।

उनले ट्वीटरमा एक तस्बिर सार्वजनिक गर्दै हिमपातलाई सामान्य नलिनको लागि अनुरोध गरेका छन् ।

जेरेमी हलिउडका चर्चित अभिनेता हुन् । उनी दुई पटक ओस्करको लागि मनोनित समेत भएका थिए । उनी फिल्म ‘द हर्ट लकर’ र ‘द टाउन’ का लागि अस्करमा मनोनित भएका हुन् ।

‘मिसन इम्पोसिबल’ र मार्भल्स फिल्म सिरिजमा उनले अभिनय गरेका छन् । जसमा उनी ‘हक–आइ’को नामले चर्चित भएका थिए। पछिल्लो समय उनी २०२१ सालमा ‘ब्ल्याक विडो’ मा देखिएका थिए ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार ०९:२४