सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री प्रचण्डले आज कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सन्दर्भमा मंगलबार कर्मचारीहरुलाई विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री बनेपछि पहिलो पटक सचिवहरुसँग छलफल गर्नुभएका प्रधानमन्त्री प्रचण्डले मंगलबार थप सचिवहरू तथा विभागीय प्रमुखहरूका कुरा सुनेपछि निर्देशनात्मक सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सम्बोधन चुस्त सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र नागरिकका गुनासोको तत्काल सम्बोधनमा केन्द्रीत हुने बुझिएको छ ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले सुशासन र नागरिकलाई सरल रुपमा सेवा प्रदान गर्ने काममा केन्द्रीत हुने बताउँदै अाएका छन् ।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्र वितरण लगायतका कामका लागि नागरिकले भोग्नुपरेको सास्तीलाई तत्काल सम्बोधन गर्ने निर्णय मन्त्रिपरिषदको पहिलो बैठकबाट गरिएको थियो ।

सोमबार भएको छलफलमा सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार ०८:३९