सूचनाको शक्ति - The Power Of Information

        

पुस २६ मा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दैछ । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत उक्त दिन लिने संसद् सचिवालयलाई जानकारी गराइसकेका छन् । संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको पुष्टि गरे ।

‘उहाँले २६ गते बस्ने बैठकको कार्यसूचीमा विश्वासको मत लिने कार्यक्रम राख्न सचिवालयलाई जानकारी गराउनुभएको छ,’ प्रवक्ता पाण्डेले भने । सरकार बनाउँदा प्रचण्डले राष्ट्रपति समक्ष १६९ जनाको हस्ताक्षर बुझाएका छन् ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १५:२६