बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ ।
बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएकाे भन्दै यस्ताे निर्णय गरेकाे हाे । बुटवलमा अब दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सा मात्रै चल्न पाउने उपमहानगरले जनाएकाे छ ।
विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरका मेयर खेलराज पाण्डेले जानकारी दिनुभयो ।
दर्ता नभएका ई-रिक्सा सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिएर कारबाही गरिने राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनु भयो । बुटवलमा दर्ता नभएका थप १ सय ८४ ई-रिक्सा छन् ।
उपमहानगरपालिकाका वित्त व्यवस्थापन, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताउनु भयो ।
सत्यपाटी संवाददाता । काठमाडौँ