सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीकाे पोलिट ब्यूराे बैठक आज बस्दै

नेकपा (एकीकृत समाजवादी) पार्टी काे आज साेमबार पोलिट ब्यूराे बैठक बस्ने भएकाे छ ।

बैठक साेमबार बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभएकाे हाे ।

दुई दिन एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा नेताहरूले पार्टीको बारेमा समीक्षा तथा आगामी सरकारमा जान नजाने र अन्य पार्टीहरुसँगको सहकार्य तथा एकता लगायतका बारेमा धारणा राखेका थिए ।

साेमबारकाे बैठकबाट के सुझाव आउँछ त्यसपछि मात्र एकीकृत समाजवादीले पार्टीको धारणा सार्वजनिक गर्ने उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार ०८:५३