सूचनाको शक्ति - The Power Of Information

        

सिनेमाघरमा ‘डिसेम्बर फल्स’

नेपाली कथानक चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट हलमा प्रदर्शन भएको छ।

चलचित्रमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी चलचित्रको मुख्य भूमिकामा देखिनुभएको छ।

प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायाङ्कन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गर्नुभएको हो।

चलचित्र आर्यन र उपासनासँगै सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतको अभिनय छ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असीम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट हुनुहुन्छ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार ०८:२५