सूचनाको शक्ति - The Power Of Information

        

२०७९ पुस १६ गतेको राशिफल : मेषलाई अर्थ अभाव, मीनलाई धनलाभ

२०७९ पुस १६ गते शनिवार, ३१ डिसेम्बर २०२२ । पौष शुक्लपक्ष नवमी तिथि । रेवती नक्षत्र, १६ः४० बजेदेखि अश्विनी । चन्द्रराशि– मीन, १६ः४० बजेदेखि मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ । साँझतिर परिस्थिति अनुकूल बन्नाले धनलाभ हुनेछ । आगन्तुकले अलमल्याउने हुँदा नियमित काममा भने बाधा पुग्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ । साँझतिर आकस्मिक खर्च बढ्नाले सरसापट लिनुपर्ने हुन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा मानसम्मानमा आघात पुग्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । तापनि उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । साँझतिर व्यवसायमा विशेष फाइदा हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । समुदायको हितमा विशेष काम गर्न सकिनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । र, साँझतिर नयाँ काम थालनी गर्न सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधन बिग्रनाले खर्च बढ्न सक्छ । निम्तो आए पनि आतिथ्य खर्चिलो रहनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । विवादास्पद काममा हात हाल्दा आलोचित बन्नुपर्ला । साँझतिर स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ । रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ । साँझतिर बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आफन्तले पनि उत्साह जगाउनेछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेतले विभिन्न अवसर दिलाउनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । विवाद तथा मुद्दाहरूमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आफन्तको सहयोगले काम बनाउन सकिनेछ । व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । साँझतिर काम बन्नुका साथै आर्थिक स्थितिमा सुधार आउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । साँझतिर साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ । शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

बौद्धिक क्षमतामा निखारता आउनेछ । बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । साँझतिर प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ । लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । साँझतिर पढाइलेखाइमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार ०६:०४