सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम प्रदेश सभाका सांसदको शपथ आज

सुदूरपश्चिमका प्रदेशसभा सदस्य (सांसद) को शपथ ग्रहण शुक्रबार रहेको छ। प्रदेश सभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन्।

त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने छन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार शपथ ग्रहणका लागि तयारी पूरा भइसकेको छ।

नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएका छन्। अन्यले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन्।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार ०८:२७