सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाई आज, छुट्ने सम्भावना कति ?

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदन मुद्दाको आज सुनुवाई हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको हो ।

यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेशी सरेको थियो ।

आफुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । नाबालिग किशोरीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा लामिछाने थुनामा छन् ।

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन् । अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ ।

त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ । आजकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १२:३०