पुसको ३ गतेदेखि ८ गतेसम्मको एक सातामा वाणिज्य बैंकको निक्षेप संकलन २० अर्बले बढेको छ ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार एक सातामा नेपाली मुद्रामा १६ अर्ब निक्षेप संकलन भएको छ भने विदेशी मुद्रामा ४ अर्ब संकलन भएको छ ।
पुस ८ गतेसम्ममा वाणिज्य बैंकको निक्षेप संकलन बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ । पुस १ गते वाणिज्य बैंकको निक्षेप ४६ खर्ब २५ अर्ब रहेको थियो ।
बैंकर्स एसोसिएसनका अनुसार अघिल्लो सातासम्म नेपाली मुद्रामा ४५ खर्ब ७ अर्ब रहेकोमा यो बढेर ४५ खर्ब २४ अर्ब पुगेको छ । यसैगरी विदेशी मुद्रामा १ खर्ब १७ अर्बबाट बढेर १ खर्ब २१ अर्ब पुगेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ