सूचनाको शक्ति - The Power Of Information

        

नेपाल टी–ट्वान्टी लिगमा फार वेस्ट युनाईटेड पराजित

 लुम्बिनी अल स्टारले नेपाल टी–ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई सुपर ओभरमा पराजित गरेको छ ।

टियु मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाईटेडलाई ९ रनले पराजित गर्यो । यो जित सँगै लुम्बिनी ४ खेलमा ४ जितका साथ ८ अंक सहित पहिलो स्थानमा कायमै रहेको छ ।

हारसँगै फर वेस्ट ३ खेलमा १ जितका साथ तालिकाको पाँचौं स्थानमा झरेको छ । यही संस्करणको पहिलो भेटमा पनि लुम्बिनीले फार वेस्टलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

आजै भएको पहिलो खेलमा विराटनगर सुपर किंग्सले पहिलो जित निकालेको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।

विराटनगरले पहिलो जित हात पार्दा पोखरा भने लगातार चार खेलमा पराजित भएको छ । यो जितसँगै विराटनगर तालिकाको चौंथो स्थानमा उक्लदा पोखरा अंक तालिकाको पुछारमा रहेको छ ।

डबल राउण्ड रोबीनमा हुने यस लिगको विजेताले ५५ लाख पाउने छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १९:४६