सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथमा ४ सय २२ जनामा मोतियाबिन्दु

बैजनाथ गापालिकाले पालिकास्तरमा गरेको आँखा शिविरबाट ४ सय २२ जनामा मोतियाबिन्दु भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

पौष ३ गतेदेखि १२ गते सम्म बैजनाथ गाउपालिकमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा सञ्चालित आँखा शिविरहरुमा १ हजार ८ सय १६ जनाले आँखाको निःशुल्क परीक्षण गराएका थिए ।

यसरी परीक्षण गराउने क्रममा ४ सय २२ जनामा मोतियाबिन्दु पत्ता लागेको बैजनाथ गाउपालिका वडा नं. ७ का वडाअध्यक्ष दिनेश थारुले बताए ।

मोतियाबिन्दु पत्ता लागेका आँखाका विरामीहरुलाई नेपालगञ्जस्थित फत्तेबाल अस्पतालमा रिफर गरिएको छ । अस्पतालले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने जनाएको छ ।

बैजनाथ गाउपालिका र फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको समन्वयमा बैजनाथ गाउपालिकाका जेष्ठ नागरीकहरुलाई निःशुल्क आँखा जाँच गरिएको हो ।

समयमा आँखा जाँच नर्गदा जटिल खालका मोतियाबिन्दु हुन गई अन्तिममा आँखाको जटिल शल्यक्रिया नै गर्नुपर्ने भएकाले बेलैमा सचेत भएर आँखाको परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १९:३५