सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका सबै वडामा इन्टरनेट सेवा विस्तार

नेपालगन्ज उपमहानगरपालिकाले सबै वडामा इन्टरनेट सेवा  विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ मा बुधबार सेवा विस्तार गरिएसँगै सबै वडा इन्टरनेटको पहुँच पुगेका हुन् ।

उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले औपचारिक कार्यक्रमका बीच वडा नम्बर २३ को कार्यालयमा इन्टर सेवा सुभारम्भ गरेका थिए ।

यसअघि नेपालगन्ज उपमहानगरपालिकाका अन्य २२ वटा वडासम्म इन्टरनेट सेवा पुगेको थियो ।  इन्टरनेटको पहुँचमा पुगेसँगै वडा नम्बर २३ ले पनि आफ्ना सबै सेवाहरु इन्टरनेट मार्फत नै प्रवाह गर्ने मेयर विष्टले बताए ।

उपमहानगरपालिकाभित्र रहेर पनि पछाडी परेको वडा नम्बर २३ लाई डिजिटलाइज गर्न अति आवश्यक महसुस गरेर इन्टरनेटको पहुँचमा पुर्याइएको उनले बताए ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १९:३२