सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षाकर्मी फिर्ता अजेन्डा: काम कि प्रचार

नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय सम्हालेको दोस्रो दिन मंगलबार गृहसचिव र कर्मचारीलाई बोलाएर कार्यविधिविपरीत विभिन्न व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशनबमोजिम गृह मन्त्रालयका प्रवक्ता एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले सूचना जारी गरेका छन् ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार बहालवाला तथा पूर्व पदाधिकारीमध्ये निश्चितलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी तथा इन्धनसहितको सुविधा तोकिएको छ ।

मन्त्रालयले सत्ता र शक्ति वा पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरूपयोग गर्नेको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न भनेको हो ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : १३ पुष २०७९, बुधबार ०७:४९