सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

हिमालमा हिमपात, तराईमा हुस्सु र कुहिरो

हिमपात र हुस्सु–कुहिरोका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।

देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जसका कारण क्रमशः चिसो बढिरहेको छ ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार प्रदेश–१ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले आज राति प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने जनाएको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमपात र हुस्सु–कुहिरोका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच, काठमाडौंमा आज बिहानको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको हो ।

यसअघि हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । यद्यपि, आज पनि पौने ९ बजे तापक्रम बिहान पौने ६ बजेको भन्दा केही कम हुन सक्छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार ०७:४२