सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनाको प्रवक्तामा कृष्णप्रसाद भण्डारी

नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिएका छन् ।

झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।

एक वर्षअघि प्रवक्तामा नियुक्त भएका हालका प्रवक्ता नारायण सिल्वालले उनलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दै छन् ।

सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १८:००